स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

सोमबार, २ पुष, २०८०
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका– २१ लिपनीबिर्तामा रहेको हिमालयन डिस्टिलरी लिमिटेडले स्थानीय स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य चौकीलाई संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको हो।

सोमबार एक कार्यक्रमबीच जनता समाजवादी पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उक्त एम्बुलेन्स वडाध्यक्ष राधाकृष्ण साह रौनियारलाई हस्तान्तरण गरेका हुन्।

स्थानीय स्वास्थ्य चौकीमा एम्बुलेन्सको अभाव रहेको कारण एक थान एम्बुलेन्स हस्तान्तरण गरेको संस्थाका प्रबन्धक नवीन कुमारले जानकारी दिए।

उनका अनुसार स्थानीय स्वास्थ्य चौकीमा अब एम्बुलेन्स उपलब्ध भए यसआसपासका बिरामीले लाभ लिनेछन्।

सुझावित समाचार