प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धुमधामसँग विवाहपञ्चमी मनाइँदै छ । रामजानकी विवाहपञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ श्रद्धालु भक्तजन आएका छन् ।
२६ मंसिरदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधामको वातावरण उल्लासमय बनेको छ। प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ।
त्रेतायुगमा अयोध्याका दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध कायम भएको मानिन्छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी महोत्सव आयोजना हुँदै आएको छ।
तस्बिरहरू हेर्नुहाेस् :
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)
.jpg'_'.2023-12-17.jpg)