हाँकु लाग्नाको टावरमा पुग्यो विद्युत् लाइन, अब २४सै घन्टा टेलिफोन सेवा

आइतबार, १ पुष, २०८०
डिजिटल संस्करण

माथिल्लो कर्णाली धेरैजसो टेलिफोन टावर सौर्य ऊर्जा सोलार प्रणालीबाट सञ्चालित छन्। वैकल्पिक सौर्य ऊर्जा सोलारबाट चलाएका टेलिफोन टावर घाम लागे मात्रै चल्ने गरेका छन्। हातमा स्मार्ट मोबाइल सेट भए पनि टेलिफोनको टावर नै नहुँदा खबर सञ्चारका लागि निकै समस्या हुने गरेको थियाे। 

तातोपानी गाउँपालिका– ४ हाँकु लाग्नामा ०७७ सालमा हाँकु लाग्नामा निर्माण भएको नेपाल टेलिकमले टेलिफोन टावरमा  विद्युतको लाइन पुगेकाे छ। अब यहाँका स्थानीय टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त भएकाे वडाध्यक्ष अमरबहादुर रोकायाले बताए। 

समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटर उचाइमा रहेकाे टावरमा गिडीखोलाको जाल्पादेवी विद्युत् आयोजनाबाट विद्युत् लाइन पुगेपछि यो क्षेत्रका गिडीखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिँड, कोटिला, रोकायाबाडालगायतका गाउँमा दिनरात सञ्चारको सुविधा पुगेको हो। 

‘१५ लाख बजेटमा हाँकु लाग्ना टावरमा विद्युतको लाइन पुर्याएपछि धेरै गाउँ बस्तीका नागरिक टेलिफोन सेवाको पहुँचमा आएका छन्,’ वडाध्यक्ष रोकायाले भने।

तातोपानी गाउँपालिका– ४ वडाको ६ लाख र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतको नाै लाख ९६ हजार गरी कुल १५ लाख ९६ हजार बजेटमा विद्युत् टावरमा विद्युत् लाइन पुर्याउन खर्च भएको वडाध्यक्ष रोकायाले बताए। उनले भने, ‘फोरजी इन्टरनेट सेवा पनि छ।’ 

See More On

सुझावित समाचार