आउटफिटका कारण सधैँ चर्चामा रहने महिला गल्फर ग्रेस

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण

आउटफिटमा खुबै ध्यान दिने ग्रेसले वर्तमान समयकै कामुक महिला गल्फरको उपाधि पाएकी छिन्

गल्फ सबैले रुचाउने खेल हो । यो खेल धनाढ्य खेलाडीले खेल्ने खेलका रूपमा मान्यता रहेको छ । भनिन्छ, गल्फ धनवान्ले मात्र खेल्छन् । पैसा नहुने खेलाडी यसमा लामो समयसम्म टिक्न सक्दैनन् । धनीले खेल्ने खेल भएकाले नै सबै गल्फर चिटिक्कका साथ प्रतियोगितामा सहभागी हुन्छन् । उनीहरूको पहिरन ब्रान्डेड हुन्छ । चाहे पुरुष वा महिला गल्फर नहोस्, आउटफिटकै कारण उनीहरू चर्चामा आइरहन रुचाउँछन् । अहिले टेक्सासकी महिला गल्फर ग्रेस चारिस एक उदाहरण बनिरहेकी छिन् । गल्फ कोर्समा उनको खेलभन्दा प्रतियोगितामा लगाउने लुगाकै कारण उनी चर्चाको शिखरमा छिन् । 

प्रत्येक इभेन्ट्समा उनले फरक–फरक लुगा लगाउँछिन् । उनी अक्सर गल्फ कोर्समा पारदर्शी लुगामा देखिन्छिन् । फोटोग्राफर र अन्तर्राष्ट्रिय मिडियामा आफ्नो सौन्दर्यता देखाउन ग्रेस यस्तै पारदर्शी लुगामा प्रस्तुत हुने गर्छिन् । यसैमा उनलाई मज्जा लाग्छ । पछिल्लो समय उनले आफ्नो इन्स्टाग्राममा गल्फ खेलिरहेको फोटो पोस्ट गरेकी छिन् । केही समयमै ग्रेसको यो तस्बिर भाइरल बन्यो । इन्स्टाग्रामको पोस्ट भाइरल हुँदा उनी स्वयं आश्चर्यमा छिन् । ‘मैले टिअफ गरिरहेको सट भाइरल हुन्छ भनी कल्पना नै गरेकी थिइनँ,’ ग्रेस लेख्छिन्, ‘धेरैले यस पोस्टमा कमेन्ट्स गरेका छन्, उनीहरूले मलाई सेक्सी भनेका छन् ।’ 

२१ वर्षीय ग्रेसलाई इन्स्टाग्राममा २.२ मिलियन फलोअर्सले पछ्याउने गर्छन् । यसैगरी, टिकटकमा उनको २.९ मिलियन फलोअर्स छन् । वर्तमान समयमा अन्तर्राष्ट्रिय महिला गल्फरमध्ये ग्रेस सबैभन्दा सेक्सी गल्फर हुन् । उनका समर्थक लेख्छन्, ‘टेक्सासबाट गल्फ क्षेत्रमा एक हट महिला गल्फरको आगमन भएको छ ।’ कहिलेकाहीँ अभ्यास गर्दागर्दै उनी टिकटक बनाउन भ्याउँछिन् पनि । ‘१७औँ होलमा बल्ल एउटा बर्डी प्राप्त भयो,’ टिकटक बनाउँदै उनले भनेकी थिइन्, ‘यो प्राप्त गर्न धेरै मिहिनेत गर्नुप¥यो ।’ क्यानेडियन टेलिभिजनमा कार्यरत पत्रकार नानालले पनि ग्रेसलाई अहिले महिला गल्फरमध्ये सबैभन्दा सुन्दर र सेक्सी भएको मानेकी छिन् । ‘अन्तर्राष्ट्रिय महिला गल्फरको खेल पछ्याउने गरेकी छु, यसमा ग्रेस नै सबैभन्दा आकर्षित र सुन्दर महिला लागेको छ,’ नानालले भनेकी छिन् ।

See More On

सुझावित समाचार