प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा आउँदै

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार दलबलसहित हेटौँडा आउँदै छन्। प्रधानमन्त्री प्रचण्ड हेटौँडा- ९ मा रहेको मानवसेवा आश्रमको केन्द्रीय कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्न हेटौँडा आउन लागेका हुन्। उनीसँग उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, मन्त्रीहरू, मुख्य सचिवलगायतको उपस्थिति रहने आश्रमले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमले अशक्त र अपांता भएकाहरूका लागि १२ करोड रुपैयाँ लागतमा निर्माण गरेको अपांगतामैत्री मुख्य सेवा केन्द्र भवनको उद्घाटन गर्ने बताइएको छ।

२०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको मानव आश्रमको २०६९ भदौ १३ गते स्थापना भएको थियो। आश्रमको केन्द्रीय कार्यालय हेटौँडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सयजना पुरुष गरी २२० जना आश्रित रहेका छन्।

यस्तै, मानवसेवा आश्रमको बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ४, मधेश प्रदेशमा ३ र कोशी, कर्णाली प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एक/एकवटा गरी २४ वटा आश्रम रहेका छन्। जहाँ एक हजार ७ सय जना सहयोगापेक्षी मानवहरू आश्रित रहेका छन्।
 

See More On

सुझावित समाचार