कांग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा जारी

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

कांग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा जारी छ। 

समितिको बैठक दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी रहेको सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल भइरहेको छ। बैठकमा पदाधिकारी एवं सदस्यको उपस्थित छ। 
 

सुझावित समाचार