बुधबार नेप्से परिसूचक २.६० अंकले बढेर एक हजार नौ सय ८८.०४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि एक अंकभन्दा कमले बढेका छन्।
आज कारोबार भएकामध्ये एक सयवटा कम्पनीको सेयर मूल्य घटेका छन् भने एक सय ३४ कम्पनीका मूल्य बढेका छन्। एक करोड २० लाख ९५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ९० करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये चार उपसमूहको सूचक घट्दा बाँकी उपसमूहको सूचक बढेका छन्। होटेल तथा पर्यटन, जीवन बिमा, नर्जीवन बिमा र व्यापार क्रमशः १.६२, १.१४, १.३१ र ०.०८ प्रतिशतले घटेका छन्। विकास बैंक उपसमूह सर्वाधिक १.१५ प्रतिशतले बढ्दा बाँकी आठ उपसमूह एक प्रतिशतभन्दा कमले बढेका छन्।
बजार सामान्य अंकले बढ्दा बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य १० प्रतिशतले बढेको छ। मोलुङ हाइड्रोपावर, घलेम्दी हाइड्रो र मानुषी लघुवित्तको सेयर मूल्यमा नौ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। तर, कुथेली बुखारी स्मल हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ५.६९ प्रतिशतले घटेको छ।