आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष ०७९/८० मा एक सय ७७ उद्योग बन्द भएका छन्।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष ०७९/८० मा एक सय ७७ उद्योगले लगत कट्टा गराएका छन्। आव ०७८/७९ मा पर्सामा एक सय ५२ उद्योगले लगत कट्टा गरिएका थिए।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरू धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए।
घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष ०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव ०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएका थिए।
आव ०७९/८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ।
आर्थिक वर्ष ०७९/८० मा रु. एक करोड ६ लाख ३९ हजार दुई सय ५० राजस्व संकलन भएको थियो। चार हजार चार सय ६० जनाले रोजगारी पाएका थिए।