आउटरिचका प्रबन्ध निर्देशक शाक्य चीनमा सम्मानित

बुधबार, २७ मंसिर, २०८०
डिजिटल संस्करण

आउटरिच नेपाल प्रालिका प्रबन्ध निर्देशक तथा रणनीतिक योजना प्रमुख उजय शाक्य चीनमा इसिआई इनोभेटिभ मार्केटर अफ दी इयर २०२३ बाट सम्मानित भएका छन् । इसिआई फेस्टिभलले आयोजना गरेको गाला इभेन्टमा शाक्यलाई सम्मानित गरिएको हो । 

चीनको उक्सीमा सम्पन्न कार्यक्रममा दक्षिण एसियाको अभियन्ताका रूपमा परिचय बनाइसकेका शाक्यलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ । उनले फेस्टिभलमा डेटाद्वारा सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्वबारे धारणा राखेको उल्लेख छ । शाक्यलाई प्रदान गरिएको सम्मानले विज्ञापन र बजारीकरणको परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउने अभियन्ताका रूपमा उनको स्थान कायम भएको आउटरिचको दाबी छ ।  

उक्त फेस्टिभलमा विश्वका १३ राष्ट्रका प्रतिनिधि भेला भएर ‘ग्लोबर सस्टेनेबल इनोभेसन एन्ड सिभिलाइजेसन डेभलपमेन्ट इनिसिएटिभ्स’ भन्ने विषयमा छलफल गरेको जनाइएको छ । 

सुझावित समाचार