केही दिनयता अत्यधिक चिसो बढेसँगै जिल्ला प्रहरी कार्यालय मुगुले उत्तरी सीमामा रहेको प्रहरी चौकी सदरमुकाम सारेको छ।
अत्यधिक जाडो बढेपछि मुगु कार्मारोङ गाउँपालिका– २ मा रहेको सीमा प्रहरी चौकी र चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ)सहित ११ जना प्रहरी जवानलाई ६ महिनाका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार १५ मंसिरको जिल्ला सुरक्षा समितिको निर्णय र कर्णाली प्रदेश प्रहरी कार्यालयको आदेशबमोजिम मुगु सीमा प्रहरी चौकीमा कार्यरत प्रहरीहरूलाई ०८१ वैशाखसम्मका लागि जिल्ला जिप्रकामा तानिएको छ।
यो वेला मुगु कार्मारोङ गाउँपालिका– २ मुगु गाउँका सबै स्थानीय जाडो छल्न घरमा ताल्चा लगाएर बेँसी झर्ने र हिमपातले नाका पनि बन्द भई सुनसान हुने गर्दछ।