११औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दुई नयाँ पत्रिकाकर्मीसहित चार पत्रकारको फोटो प्रदर्शन गरिएको छ।
.jpg'_'.2023-12-12.jpg)
नयाँ पत्रिकाकर्मीद्वय दिपेन्द्र ढुंगाना र संजित परियारसहित नेपाल फोटो लाइब्रेरीका मनीष आर्याल र बंगलादेशका असफ उद् दउलाको फोटो प्रदर्शनीमा राखिएको हो।
.jpg'_'.2023-12-12.jpg)
मानव अधिकारसम्बन्धी अवधारणामा विभिन्न समयमा खिचिएका २० वटा फोटो प्रदर्शनका लागि राखिएको छ। ‘सामूहिक अधिकार’ नारासहित गत शनिबारदेखि सुरु चलचित्र महोत्सव चार दिन चल्नेछ।
.jpg'_'.2023-12-12.jpg)
विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र पनि महोत्सवमा प्रदर्शन भइरहेको छ।
.jpg'_'.2023-12-12.jpg)
.jpg'_'.2023-12-12.jpg)
.jpg'_'.2023-12-12.jpg)
.jpg'_'.2023-12-12.jpg)
तस्बिरहरू : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका