सुन र चाँदी दुवैको मूल्यमा गिरावट

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण

सुनचाँदीको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ। यो हिजोको भन्दा पाँच  सय रुपैयाँले सस्तो हो।

हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार पाँच सय रुपैयाँ  थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको छ। 

अघिल्लो हप्ता सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो। यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ। 

सुझावित समाचार