प्रस्तावित न्यायाधीशको सुनुवाइ : उजुरीकर्तासँग छलफल जारी

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण
प्रस्तावित न्यायाधीशको सुनुवाइ : उजुरीकर्तासँग छलफल जारी

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ अहिले जारी छ। संसदीय सुनुवाइ समितिमा टेकप्रसाद ढुंगानाविरुद्व उजुरी दिएका नेपाल सरकारका उपसचिव पुष्पप्रसाद गुरागाईंसँग छलफल भइरहेको छ।

प्रस्तावित न्यायाधीशविरुद्व १० वटा उजुरी परेका छन्। न्यायपरिषद्ले ६ न्यायाधीश सिफारिस गरेकोमा तीनजनाविरुद्ध उजुरी परेको छ।

सारंगा सुवेदीका नाममा ६, टेकप्रसाद ढुंगानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको छ। महेश शर्मा पौड्याल, सुनील पोखरेल र बालकृष्ण ढकालको नाममा भने कुनै उजुरी परेको छैन।

सुझावित समाचार