नेपाल बैंकले भारतको एक्जिम बैंकसँग कारोबार गर्न सहज बनायो

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

 नेपाल बैंक लिमिटेडले वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक्जिम बैंक इन्डियासँग ट्रेड एसिस्टेन्ट प्रोग्राम (टिएपी)अन्तर्गत सम्झौता गरेको छ । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक हो । 

बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीच चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको जनाइएको छ । 

हस्ताक्षर कार्यक्रममा बैैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौतासँगै आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरी उक्त बैंकसँगको सहकार्यमा आफ्ना ग्राहकको व्यापारिक गतिविधिलाई टेवा पुग्ने गरी कार्य गर्ने योजनामा रहेको बताइन् । 

सुझावित समाचार