कतार र बेलायतमा प्रसिद्ध रहेको अन्तर्राष्ट्रिय ब्रान्ड ‘बेलाको’ कम्पनीले नेपालको दोस्रो शाखाको रूपमा जनकपुरधाममा आफ्नो शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले गरेका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का युवा उपाध्यक्ष तथा बेलाको कम्पनीका सिइओ अब्दुल बासिदले आफ्नो ब्रान्डलाई आक्रामक रूपमा नेपालमा विस्तारको रणनीति लिएका देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको बताए ।
कतार र बेलायतमा सफलतापछि उत्साहित भएर यो ब्रान्ड आफू जन्मेको सहर जनकपुरधाममा खोल्न पाउँदा हर्षित भएको बताउँदै सिइओ बासिदले भने,‘हाम्रो उत्पादनले तराई–मधेश हिमालका समुदायलाई जोड्न पुलको काम गरिरहेको छ, हामी हरेक नेपालीको घरमा पुग्न चाहेका छौँ । आफ्नो स्वदेशी कम्पनीलाई तपाईंहरुको माया र स्नेह चाहिएको छ ।’
विदेशमा सिकेको सीप र अनुभवलाई साझा गर्न नेपाली बजारमा आफ्नो ब्रान्डलाई ल्याएको बताउँदै उनले भने,‘विश्वसनीयता र गुणस्तरमा हाम्रो कम्पनीले कुनै सम्झौता गर्दैन । त्यसैले, यो नेपाली जनतामा लोकप्रिय हुँदै गएको ब्रान्ड बन्न पुगेको छ । ‘बेलाको’ ब्रान्डका नेपाल प्रमुख लक्ष्मण सापकोटाले बेलाको ब्रान्डमा ४३ थरीका सामान उपलब्ध रहेको बताए । बासिदले नेपालमा करिब २५ करोड रुपैयाँ लगानी गरेको र स्वदेश र विदेशमा करिबव ४५० लाई रोजगारी दिएको बताए । ब्रान्डको प्रवद्र्धन गर्दै बेलाको ब्रान्ड एम्बसडरमा नायक प्रदीप खड्काले यो ब्रान्ड गुणस्तर र विश्वनीयतामा उत्कृष्ट रहेको दाबी गरे ।