पानसराले तेस्राे सन्तान पनि बाटोमै जन्माइन् !

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण

बाजुराको बुढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीचबाटोमा बच्चा जन्माएकी छिन्।

बुढीनन्दा–४ कुरूकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी बेथा लागेपछि स्वास्थ्य संस्था जाने क्रममा बाटोमै  छोरी जन्माएकी हुन्।

सुत्केरी व्यथा लाग्नेबित्तिकै रोकाया एक्लै मंगलबार आधारभूत स्वास्थ्य केन्द्र कुरू जाँदैगर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिइन्। ‘आफू स्वास्थ्य चौकी जाँदैगर्दा बाटोमा सुत्केरी बेथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेकी थिएँ,’ उनले भनिन्। 

रोकायालाई बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्राव भएकाले बाटोबाट उद्धार गरी स्वास्थ्य चौकी लगिएको चदाराले बताइन्। उनीसँग अरू कोही आफन्त नभएको भन्दै एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा बेथा लागेपछि बाटोमा बच्चा जन्माएको उनको भनाइ छ। 

रोकायाका यसअघि एक छोरा र एक छोरी छन्। उनले तीनै सन्तान बाटोमै जन्माएकी छिन्। बाजुरामा रोकाया मात्र नभई धेरै आमा बाटोमै बच्चा जन्माउन बाध्य छन्। केही महिना पहिला काँडाकी ३२ वर्षीया उज्जली सुनारले पनि बाटोमै छोरी जन्माएकी थिइन्। रासस 
 

See More On

सुझावित समाचार