हिमपातले ढोरपाटन उपत्यका सेताम्य

सोमबार, १८ मंसिर, २०८०
डिजिटल संस्करण

बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए। 

‘यस वर्ष पहिलोपटक ढोरपाटनमा हिमपात भएको हो,’ कँडेलले भने, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ।’ 

हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कुलबहादुर विकले बताए। 

See More On

सुझावित समाचार