लघुचलचित्र ‘फेजेज’ दर्शक माझ

आइतबार, १७ मंसिर, २०८०
डिजिटल संस्करण

लघुचलचित्र ‘फेजेज’ दर्शक माझ आएको छ।

यु क्रिएसन निर्माता रहेको ‘फेजेज’मा राज राई, जिना निरौला, जयेन्द्र साउद, शेखर दाहाल, लेसम मगर, श्याम कार्की, विश्वास नेपाली, शेरबहादुर राई, अजय बान्तवा राई, सविना तामाङ, सौरव कार्की, राजु खतिवडालगायतको अभिनय छ।

सिरिजको रूपमा तयार भएको फेजेजलाई दर्शकले हौसला र माया दिएमा अन्य शृंखलाहरू सार्वजनिक गर्दै जाने कलाकार विश्वास नेपाली बताउँछन्।

वीरेन्द्रसिंह कसुवाको लेखन र निर्देशन, कृष्ण रिजालको सहनिर्देशन र रञ्जितबाबु श्रेष्ठको छायांकन रहेको लघुचलचित्रलाई ओजस थिएटर एन्ड फिल्म स्टुडियोले निर्माण गरेको हो।

सुझावित समाचार