टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण

शुक्रबार, १५ मंसिर, २०८०
डिजिटल संस्करण
टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

फाइल तस्बिर ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो । 
 
काठमाडौं जिल्ला अदालतले गत १ असारमा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरिपाऊँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको थियो । 

उक्त निवेदनमाथि गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिएको भए पनि फैसला आज आएको हो । 

उच्च अदालतले रायमाझी, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित आठजनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । 

सुझावित समाचार