बालकृष्ण खाणलाई छाड्ने कि थुन्ने भन्ने विषयमा न्यायाधीशको बाझियो मत

नक्कली भुटानी शरणार्थी प्रकरण

शुक्रबार, १५ मंसिर, २०८०
डिजिटल संस्करण
बालकृष्ण खाणलाई छाड्ने कि थुन्ने भन्ने विषयमा न्यायाधीशको बाझियो मत

फाइल तस्बिर ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री  तथा कांग्रेस नेता बालकृष्ण खाणलाई थुन्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ । 

उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि खाण तत्काल थुनामुक्त नहुने भएका छन् । अब उनलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने फैसला गर्न एक न्यायाधीशको इजलास गठन हुनेछ । 

सुझावित समाचार