जाजरकोटको भेरी त्रिवेणी माविमा नेविसंघद्वारा ६ कोठे अस्थायी भवन निर्माण

शुक्रबार, १५ मंसिर, २०८०
डिजिटल संस्करण

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले भूकम्प प्रभावित जाजरकोटको भेरी त्रिवेणी माविमा ६ कोठे अस्थायी (टिएलसी) भवन निर्माण गरी हस्तान्तरण गरेको छ।

दुईवटा विद्यालय पूर्ण रूपमा निर्माण गर्ने तथा तत्काल पठनपाठन सञ्चालन गर्नका लागि थप दुई अस्थायी भवन बनाउने प्रतिबद्धताअनुसार नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार एक कार्यक्रमबीच उक्त अस्थायी भवन हस्तान्तरण गरेका हुन्।

भूकम्पपश्चात् पूर्ण रूपमा क्षति भएको विद्यालयमा पछिल्लो  एक हप्तादेखि खुला चौरमा अध्ययन–अध्यापन हुँदै आएको थियो। त्रिवेणी माविको ६ कोठे भवन हस्तान्तरण भएसँगै नेविसंघले जुनिचाँदे गाउँपालिकामा रहेको शिवपुरी माविको ६ कोठे टिएलसी भवन निर्माण सुरु गर्दै छ।

भवन निर्माणसँगै तीन सय सेट शैक्षिक सामग्री, ६ सेट ह्वाइट बोर्ड र ६ सेट बोर्ड मार्करलगायतका अन्य शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको छ।

सुझावित समाचार