लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड अब नेसनल पेमेन्ट स्विच (एनपिएस)मा आबद्ध भएको छ । लिबर्टी माइक्रोले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको हो ।
यसका लागि दुई कम्पनीबीच सम्झौता भएको छ । अब बिमा लेखको भुक्तानी, बिमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सकिनेछ ।