कुटपिट मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ

शुक्रबार, १ मंसिर, २०८०
डिजिटल संस्करण

कञ्चनपुरमा कुटपिट मुद्दाका एक फरार अभियुक्त ३० वर्षपछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार कुटपिट मुद्दामा फरार भएका दोधाराचाँदनी नगरपालिका– ९ बस्ने धनबहादुर सुनार पक्राउ परेका हुन्। सुनार ०५० सालतिर कुटपिट घटनामा संलग्न भएका थिए।

कुटपिट घटनामा संलग्न भएका सुनारलाई १५ फागुन ०५० सालमा जिल्ला अदालतले ६ महिना कैद र दुई हजार जरिवाना फैसला गरेको थियो।

युवा अवस्थामा अपराध गरेका सुनार वृद्धावस्थामा पक्राउ परेका हुन्। घरबाटै पक्राउ परेका उनलाई प्रहरीले अदालत हुँदै कारागार चलान गरेको छ।

सुझावित समाचार