भैँसीसँग मोटरसाइकल ठोक्किँदा झापामा एकजनाको ज्यान गयो, एक घाइते

बिहिबार, ३० कार्तिक, २०८०
डिजिटल संस्करण

झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका– ३ सहिदगेटनजिक को.२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकलचालक मोरङको सुन्दरहरैँचा नगरपालिका– ४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।  

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी– ४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । उनको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।     

 

सुझावित समाचार