जिल्ला प्रहरी परिसर काठमाडौंमातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो संख्यामा जुवाडे पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट १७ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलका अनुसार साँखु प्रहरी प्रभागबाट खटिएको टोलीले शंखरापुर नगरपालिका– १ नांलेभारेको दुई ठाउँबाट १७ जुवाडेलाई नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ। उनीहरूको साथबाट एक लाख १७ हजार नगद बरामद भएको उनले जानकारी दिए।