ड्रिम देवदह १२ वटै वडामा विस्तार गरिने

शनिबार, २५ कार्तिक, २०८०
डिजिटल संस्करण

ड्रिम देवदह युनिटी फर चेन्जले देवदहका १२ वटै वडामा अभियन्ताहरू विस्तार गर्ने र वडास्तरीय सञ्जाल बनाउने अभियान सुरु गरेको छ।

शुक्रबार देवदह– ७ मा रहेको कालिका मन्दिरमा वडा नं ७ का अभियन्ताहरूको भेलामा धारणा राख्दै लुम्बिनी विकास कोषका कोषाध्यक्षसमेत रहेका अभियान संयोजक सिद्धिचरण भट्टराईले अभियानको शुभारम्भ गरेका हुन्।

वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीकोसमेत उपस्थिति रहेको भेलाले तेजु अर्यालको संयोजकत्वमा २५ सदस्यीय वडा अभियन्ता समूह बनाएको छ। भेलाको सहसंयोजक दिलकुमार विक रहेका छन्। अभियानका सदस्यहरूमा शंकर अधिकारी, शिशिर भट्टराई, अभिषेक आचार्य, सचिन शर्मा, अभिषेक थापा, एसिका मण्डल, मिलन विक, पूजा अधिकारी, मुना देवकोटा, दीपक चापागाईंलगायत रहेका छन्।

अभियन्ता भट्टराईका अनुसार यो सिर्जनात्मक क्रियाशीलताको अभियान हो। यो अभियानले हरेक वडामा देवदहलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन जागरण, साझेदारी र खबरदारीको भूमिकामा रहेर अभियान चलाउँछ।

विगतमा पार्क सम्मेलन, पार्कमा कला अभियानमार्फत काष्ठकला र मूर्तिकला राष्ट्रिय कार्यशाला, परम्परागत मेला प्रवर्द्धन, पर्यटन सूचना केन्द्र स्थापन, फोटो प्रदर्शनी, देवदह माटो परीक्षण अभियान सञ्चालन गर्दै आएको छ।

सुझावित समाचार