एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूका लागि तुरुन्त दुई सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।
तिहारमा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको अफर नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म रहनेछ। सो अवधिमा बैंकको डेबिट कार्ड प्रयोग गरी पिओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ। क्यासब्याक प्राप्त गर्न एकपटकमा रु. एक हजारको न्यूनतम भुक्तानी गर्नुपर्नेछ।
एनएमबि बैंकले हाल देशभर दुई सय एक शाखा, एक सय ५७ एटिएम र १२ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।