दुई किलो चाँदीका अवैध गहनासहित एक युवक पक्राउ

बिहिबार, २३ कार्तिक, २०८०
डिजिटल संस्करण

सर्लाही प्रहरीले ठूलो परिमाणमा चाँदीका अवैध गरगहनासहित एकजनालाई पक्राउ गरेको छ।

भारतबाट लुकाइछिपाई ल्याउँदै गरेको गरगहनासहित भारत सितामढी जिल्ला वसन्तपुर ग्राम पञ्चायत– ७ का १९ वर्षीय लभ दासलाई प्रहरीले पक्राउ गरेको हो।

साइकलमा आउँदै गरेका दासलाई मलंगवा–८ लच्कामा खानतलासी गर्दा उनको साथबाट १ किलो ९५० ग्राम चाँदीको तयारी गरगहना कम्मरमा बाँधेको अवस्थामा फेला पारेको प्रहरीले      जनाएको छ। 

बरामद गहनामा ठूलो सिक्का, सानो सिक्का, हनुमानी, औँठी, पायल, ब्रासलेट, प्लेट, लक्ष्मी गणेशको मूर्ति र सिक्रीलगायतका सामग्री फेला परेको छ। उक्त चाँदीको गरगहनाको बजार मूल्य २ लाख ३२ हजार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो।

सुझावित समाचार