सामान्य अंकले बढ्यो नेप्से, ७८ करोडको कारोबार

बुधबार, २२ कार्तिक, २०८०
डिजिटल संस्करण

सेयर बजार आज पनि सामान्य अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा उक्लिएको छ। 

आज बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बिमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको सेयर सामान्य बढेको छ। यसमा पनि सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्तको सेयर आठ र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर साढे सात प्रतिशतले बढेको छ। 

आज ३१ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा ७८ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

यस दिन समग्रमा बजार बढे पनि कर्पोरेट विकास बैंकको सेयर सबैभन्दा धेरै ६ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। 
 

सुझावित समाचार