सेयर बजारमा दाेहाेराे अंककाे सुधार

सोमबार, २० कार्तिक, २०८०
डिजिटल संस्करण

लगातार ओरालो लागेको सेयर बजार आज दोहोरो अंकको करेक्सन भएको छ। आइतबार २१ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा उक्लिएको छ। 

आज सबै समूहको सेयर सामान्य अंकले बढेको छ। यस दिन सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल र सिद्धार्थ प्रिमियर इन्सुरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

आज ३५ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ९३ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ।

सबैभन्दा धेरै सोल्टी होटेलको ६ करोड ४३ लाख र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। समग्र बजार बढे पनि लक्ष्मी लघुवित्त र विन नेपाल लघुवित्तको सेयर भने चार प्रतिशतले घटेको छ। 

सुझावित समाचार