सुनका असर्फी र चाँदीका सिक्का किन्न सर्वसाधारणको लाइन [भिडियाे]

आइतबार, १९ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि सुनका असर्फी र चाँदीको सिक्का बेच्न सुरु गरेको छ। तिहारलक्षित गरेर केन्द्रीय बैंकले आजदेखि धनत्रयोदशीका दिन (२४ कात्तिकसम्म) सुनचाँदी बिक्री गर्नेछ।  

असर्फी र सिक्का बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म किन्न पाइने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार प्रतिव्यक्ति १७.५ ग्राम सुनको असर्फी र ६५ ग्रामसम्म चाँदीको सिक्का किन्न पाउने व्यवस्था मिलाइएको छ  ।

भिडियाे हेर्नुहाेस् :

सुझावित समाचार