कांग्रेस महासमितिको बैठक २९ मंसिरदेखि

आइतबार, १९ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसले महासमिति बैठक मंसिर अन्तिमदेखि गर्ने भएको छ। १२ देखि १५ मंसिरका लागि तय  महासमितिको बैठक कांग्रेसले मंंसिर २९ तथा पुस १ र २ गते गर्ने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। महासमिति बैठक गोदावरीमा हुने बताइएको छ।

यसैगरी, कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा भइरहेका काम र विपत् व्यवस्थापनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’ गठन गर्ने भएको छ। सो समितिले स्थलगत अनुगमनसमेत गर्ने बताइएको छ।

सुझावित समाचार