साडी : विवाहित महिलाले प्रायः साडी लगाउन रुचाउँछन् । साडीमा आफ्नो कपाललाई सर्लक्क कोरेर पछाडि लगेर लो फन्स बन गरेर बनाउनुभयो भने राम्रो देखिन्छ ।
कुर्था : अहिले चाडपर्वको मौसम छ । दसैँ सकियो, तिहार केही समयलगत्तै सुरु हुँदै छ । त्यसकारण पनि साडी र कुर्थाको प्रयोग धेरै भइरहेको छ । अविवाहित र विवाहित दुवैको रोजाइमा साडी पर्ने गर्छ ।
कुर्था लगाउँदा कपाललाई स्ट्रेट बनाएर आइरन गरेर छोड्न पनि सकिन्छ । सिउँदो कताबाट फर्काउने भन्ने पनि ध्यान दिनुपर्छ । अगाडि कपाललाई बफ गर्दा पनि राम्रो देखिन्छ । मेकअप कस्तो गरिएको छ, कस्तो कपडा लगाउँदै हुनुहुन्छ, त्यसले पनि फरक पार्छ ।
ध्यान दिनुपर्ने कुरा
कपाललाई स्टाइलिस बनाउने कुरा जति महत्वपूर्ण हुन्छ, यसको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण छ । सुरुमा कपाल नुहाएपछि हिट प्रोटेक्टरको प्रयोग गर्नुपर्छ । अनि आइरन प्रयोग गर्नुपर्छ ।
आइरनको प्रयोग गर्दा कपाल डढ्ने, जल्ने समस्या पनि हुन सक्छ । यसतर्फ ध्यान दिनुपर्छ । आइरन गरेको छ वा हेयर कलर गरेको छ भने हेयर सेटिङ स्प्रे प्रयोग गर्न सकिन्छ । हेयरलाई ट्रिट गर्दा ट्रिटमेन क्रिम लगाएर एकछिन राखेर धुँदा राम्रो हुन्छ । यस्तो गरे कपाल ड्यामेज हुने, कपालमा समस्या आउने कम हुन्छ ।