भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुग्यो

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ४० जना घाइते भएका छन्। गएराति गएकाे भूकम्पमा परी जाजरकोटमा ९५ जनाको मृत्यु भएको छ भने रुकुमपश्चिममा ३८ जनाको मृत्यु भएको छ। 

जाजरकोटका ५५ घाइतेमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ। 

त्यस्तै, रुकुमपश्चिमका ८५ घाइतेमध्ये ४० जना उपचाररत छन्। १५ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ भने ३० जनालाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। 

सुझावित समाचार