भूकम्पपछि भारतीय प्रधानमन्त्रीले भने, \'नेपालको दुःखमा भारत सँगै छ\'

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

गए राति नेपालमा गएको भूकम्पका कारण  मानवीय र भौतिक क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालको दुःखमा आफू सँगै भएको जनाएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मोदीले नेपालको दु:खद घडीमा आफू नेपाली जनतासँग सहयोगका लागि ऐक्यबद्धतामा उभिएको बताउँदै सम्भव हुने सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।

उनले शोकसन्तप्त परिवारमा सववेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

सुझावित समाचार