श्रम स्वीकृतिलगायतका नक्कली कागजात बनाउने दुईजना पक्राउ

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

श्रम स्वीकृतिलगायतका नक्कली कागजात बनाएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौं वनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र गोरखा बारपाक सुलिकोट गाउँपालिका–४  घर भई काठमाडौं नागार्जुन नगरपालिका–१, रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् । 

भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरूको कागजात शंकास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ कात्तिकमा पठाइएका कागजातमध्ये सुजल हेङ्गजुको नामको श्रम स्वीकृति नक्कली देखिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने दुवैजनालाई काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडस्थित वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरेको हो ।

साथै, उक्त ट्राभल्सको कोठाबाट मोबाइल दुई थान र सिपियू एक थानसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

See More On

सुझावित समाचार