चिनीको कालोबजारी गरेको थाहा पाए खबर गरौँ : नेपाल प्रहरी

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल प्रहरीले चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए त्यसको सूचना दिन आग्रह गरेको छ।

प्रहरीले एक सूचना जारी गर्दै बजारमा कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो आएकाले आफ्ना सम्पूर्ण इकाइहरूलाई सक्रिय परिचालन गरिएको जनाएको छ।

‘अझै पनि बजारमा कहीँ कतै कसैले चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा यथाशीघ्र सूचना गराई कानुन कार्यान्वयन गर्न गराउन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,’ सूचनामा भनिएको छ।

सुझावित समाचार