नेपालले टी–२० विश्वकप छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ।
समूह ‘बी’को विजेता युएई र समूह ‘ए’को उपविजेता नेपालबीच मूलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइलनमा समूह ‘ए’को विजेता ओमान र समूह ‘बी’को उपविजेताबीच हुनेछ। समूह ‘बी’को उपविजेताले १ बजे हुने खेलमा कुवेत र बहराइनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
बिहीबार भएको आफ्नो समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भयो। युएईले हङकङलाई २२ रनले पराजित गर्दै समूह विजेता भएको हो।
फाइनल पुग्ने दुई टोली आगामी वर्ष हुने टी– २० विश्वकपमा छनोट हुनेछन्।