मार्क्सवादी ज्ञान केन्द्रको प्रदेश भेला सम्पन्न

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

मार्क्सवादी ज्ञान केन्द्रको भर्चुअल माध्यमबाट बुधबार राति भएको दोस्रो प्रदेश भेलाले सर्वसम्मतिबाट दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित प्रदेश समितिमा उपाध्यक्ष अर्जुन रावल, सचिव कमला ज्ञवाली, सहसचिव गणेशराज गिरी, कोषाध्यक्ष आशा भण्डारी छन् । त्यस्तै, सदस्यहरूमा हरिप्रसाद जोशी, बलराम चौधरी, होमबहादुर साउद र सुरेन्द्र देवकर चयन भएका छन् । चार सदस्य भूगोलका आधारमा पछि कार्यसमिति बैठकले थप्नेसमेत भेलाले निर्णय गरेको छ ।

भेलाको उद्घाटन सत्रलाई प्रमुख अतिथि मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सैना, विशिष्ट अतिथिहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य गुणराज लोहनी, एमालेका पूर्वप्रदेश सचिव तथा प्रदेश सांसद धर्मराज पाठक, माओवादीका प्रदेश सचिव जनक बुढा, एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सचिव सुरेन्द्रमान कार्कीले सम्बोधन गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि मनहरि तिमिल्सैना, बन्दसत्रका अध्यक्षमण्डलका अध्यक्ष तथा ज्ञान केन्द्रका केन्द्रीय सचिव रेशमकुमार अधिकारी, केन्द्रीय कोषाध्यक्ष सागर अधिकारी, कोशी प्रदेश अध्यक्ष दुष्यन्त भट्टराई, बाग्मती प्रदेश अध्यक्ष कार्लविक्रम थापा, सुदूरपश्चिम पूर्वसंयोजक राजुराम सार्की भुल, एकीकृत समाजवादीका टीकापुर नगर अध्यक्ष तथा मार्क्सवादी अध्ययनकर्ता रंगप्रसाद अधिकारी, डा. चक्रप्रसाद अधिकारी, जगतप्रसाद उपाध्याय, शुभम विष्टलगायतले शुभकामना मन्तव्यसहित बधाई ज्ञापन गरेका थिए । 

सुझावित समाचार