तीन लाख मूल्यबराबरको पाँच बोरा पटाका बरामद

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण

सिराहाको धनगढीमाई नगरपालिका– ११ छपराढी चोकबाट प्रहरीले करिब तीन लाख रुपैयाँ मूल्यबराबरको पाँच बोरा बेवारिसे पटाका बरामद गरेको छ । 

नजिकिँदो तिहार र छठका लागि गोप्य ढंगले बिक्री–वितरणका लागि ल्याइएको अनुमान गरिएको पाँचवटा प्लास्टिकका  बोरामा प्याक गरिएको कोब्रा नामको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

पूर्व–पश्चिम लोकमार्गको छपराढी खण्डको सडकछेउमा बेवारिसे अवस्थामा पटाका रहेको सूचनाको आधारमा मंगलबार अपराह्न इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पाँचवटा प्लास्टिकको बोरामध्ये एउटा बोरा खुलेको र बाँकी बोरामा पटाका प्याक रहेको अवस्थामा बरामद गरी धनगढी प्रहरीमा लगेर थप अनुसन्धान भइरहेको छ । 
 

See More On

सुझावित समाचार