यसरी बनाउनुस् स्वादिष्ट मटन पक्कु

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण

खसीको मासुको कैयौँ परिकार बनाउन सकिन्छ । जसमध्ये मटन पक्कु प्रसिद्ध मानिन्छ । यसरी पकाउन सकिन्छ, मटन पक्कु :

आवश्यक सामग्री : खसीको मासु १ केजी, तोरीको तेल १२५ एमएल, अदुवा ८ ग्राम, लसुन ७ ग्राम, बेसार ५ ग्राम, जिराको धुलो ५ ग्राम, धनियाँ ५ ग्राम, नुन ८ ग्राम, खुर्सानीको धुलो ५ ग्राम, गरम मसला ५ ग्राम, मरिचको धुलो, तेजपातलगायतका मसला ५ ग्राम, घिउ दुई चम्चा ।

विधि 
सबैभन्दा पहिला खसीको मासुलाई स–साना पिस गरेर काट्नुपर्छ । मसला हालेर माज्जाले मोल्ने र कम्तीमा चार–सात घन्टा छोपेर राख्नुपर्छ । बाक्लो खालको पित्तलको कसौडीमा तोरीको तेल हाल्ने र सानो आगोमा चलाउँदै छोप्ने । मासुबाट निस्किएको पानी सुकाउने ।

मासुलाई सुक्खा हुन दिनुपर्छ । वेला–वेला छोप्दै चलाउनुपर्छ, जसले पाक्नलाई सजिलो हुन्छ । त्यसपछि घिउ हालेर फेरि चलाउने र आगोबाट निकाल्ने । पक्कु तयार हुन्छ । स्वादअनुसार झोल र ग्रेभी बनाएर खान सकिन्छ । यसरी पकाएको पक्कु धेरै दिनसम्म पनि प्रयोग गर्न सकिन्छ । 

सुझावित समाचार