भिरको जोखिम मोल्दै सदरमुकाम पुग्छन् यांगुवासी

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

सिमकोट गाउँपालिका– ८ मेलगाडदेखि सदरमुकाम सिमकोट पुग्न यांगुवासीलाई सकस हुने गरेको छ। मेलगाडको अप्ठ्यारो चट्टानी भिरको जोखिम मोल्दै सदरमुकाम सिमकोट पुग्न सकस भएको हो। 

कुनै पनि सरोकारवाला निकायहरूले चासो नदिएपछि आवतजावत सकस हुने गरेको सिमकोट गाउँपालिका– ८ का हस्तबहादुर शाहीले जानकारी दिए। सदरमुकाम सिमकोट पुग्न बालबालिका, महिला, वृद्धवद्धाहरू आवतजावत गर्न कठिनाइ हुने गरेको शाहीले गुनासो गरे।

सदरमुकामबाट गाउँ र गाउँदेखि सदरमुकाम आवतजावत जोखिम मोल्न बाध्य भएको सिमकोट गाउँपालिका- ८ कै चन्दबहादुर शाहीको भनाइ छ। सदरमुकाम सिमकोट कामकाज हुँदा र सामानहरू ल्याउनसमेत कठिनाइ हुने गरेकाे शाहीले बताए।

यांगु गाउँका ७०–८० घरधुरीका नागरिकलाई मेलगाडको अप्ठ्यारो चट्टानी भिरको जोखिम मोल्दै आउजाउ गर्न बाध्य देखिएका छन्। 

See More On

सुझावित समाचार