आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको पहिलो खेलमा सिंगापुरविरुद्ध कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
कुशलले २६ बलमा ६ चौका र दुई छक्कासहित ५० रन बनाएका हुन् । उनको टी–२० मा यो सातौँ अर्धशतक हो ।
नेपालले खेल जित्न एक सय ४६ रनको लक्ष्य पाएको छ ।