बोल्न त बोल्ने तर कसरी ?

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

कुनै एक देशमा एकजना राजा थिए । एकपटक उनलाई आफ्नो आयुबारे जान्ने इच्छा भयो । उनले आफ्ना राजज्योतिषीलाई बोलाउन पठाए । राजाको बोलावट पाउनासाथ राजज्योतिषी तत्काल दरबारमा हाजिर भए । राजज्योतिषी उपस्थित हुनासाथ राजाले आफ्नो चिनाटिप्पणी अघि सार्दै भने– ल त ज्योतिषीजी, यी चिना टिप्पणी हेरेर मेरो आयु कति छ, त्यो पत्ता लगाइदिनुहोस् त !

ज्योतिषीले राजाको चिना टिप्पणी हेरेर केहीबेर धुलौटोमा हिसाबकिताब गरे । सबै गणना सकिएपछि निश्चिन्त हुँदै राजालाई भने– महाराज, हजुरका सबै सन्तानको मृत्यु भएको हजुर आफैँले देख्नुपर्नेछ । हजुरले उहाँहरू सबैको शोक व्यहोर्नुपर्नेछ । ज्योतिषीका कुरा सुनेर राजा औधी रिसाए । उनले तत्काल ज्योतिषीलाई पक्राउ गर्न लगाएर जेल सजाय सुनाए ।

 अर्को दिन राजाले नयाँ राजज्योतिषी नियुक्त गरे र उनीसामु पनि आफ्नो आयुबारे पुरानै जिज्ञासा राखे । उनले पनि राजाका चिनाटिप्पणी सबै हेरे । धुलौटोमा हिसाबकिताब गरे । सबै गणना सकिएपछि एकैछिन सोचमग्न भए । मनमनै केही गमे र केहीबेर गमेपछि उनले भने– महाराज, हजुरका सन्तान, आफन्त र परिवारजनमध्ये सबैभन्दा लामो आयु हजुरकै छ । हजुर दीर्घजीवी हुनुहुन्छ । हजुर सबैभन्दा बढी बाँच्नुहुन्छ । 

ज्योतिषीका कुरा सुन्दा राजा दंग परे । उनले ती नवनियुक्त ज्योतिषीलाई ठूलो मान, सम्मान र पुरस्कार दिए ।

सुझावित समाचार