कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

शनिबार, ११ कार्तिक, २०८०
डिजिटल संस्करण
कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरू सहभागी भएका छन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी छन्। 

सो अवसरमा मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरूप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ। यस विषयको जवाफ यथा समयमा यथोचित ढंगले दिइनेछ।’

See More On

सुझावित समाचार