दसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किए (फोटोफिचर)

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

दसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किने क्रम सुरु भएको छ । गाउँ गएकाहरू काठमाडौं फर्कँदा कोसेली बोकेर फर्किएका छन् । घरबाट काठमाडौं आउँदा उनीहरूले बाआमाले पठाइदिएका सामानहरू बोकेर आएका छन् । गाडीको लामो यात्रापछि काठमाडौं ओर्लँदा उनीहरू थकित मुद्रामा थिए ।

दसैँ मनाउन गाउँ गएका मानिसहरू फर्कन थालेपछि काठमाडौं भित्रिने नाकामा भिड बढेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटिएका छन् । दसैँको केही समय सुनसान बनेको काठमाडौं गाउँ गएका  मानिस आएसँगै लयमा फर्कन थालेको छ । 

हेर्नुहोस् नयाँ पत्रिकाकर्मी अमुल थापाले काठमाडौंको जडीबुटी पुगेर शुक्रबार साँझ खिचेका केही तस्बिरहरू :

See More On

सुझावित समाचार