कात्तिक १४ मा राष्ट्रिय सभाको बैठक बस्ने

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभाको बैठक आगामी कात्तिक १४ गते अपराह्न ४:४६ बजे बस्ने भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ ।  

यसअघि गत असोज २९ गते सूचना जारी गरी राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।     

सुझावित समाचार