वर्तमान सरकार पाँच वर्ष टिक्छ : प्रधानमन्त्री

बिहिबार, ९ कार्तिक, २०८०
डिजिटल संस्करण

वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन सक्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताएका छन्। रुकुम पश्चिमको बाफीकोट गाउँपालिका– ६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताए।  

‘गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरू बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको उठाउने खतरा बढ्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मुलुकका विभिन्न भागमा धार्मिक र जातीय सदभाव बिगार्ने खेल भइरहेको छ, त्यसलाई रोक्न पनि यही सरकार आवश्यक छ।’ 

प्रधानमन्त्री प्रचण्डले रुकुम पश्चिमको समग्र विकासबारे आफू जानकार रहेको बताउँदै काठमाडौं पुगेपछि मन्त्रिपरिषद्को बैठकले यसबारे महत्वपूर्ण निर्णय गर्ने बताए ।  
 
 

See More On

सुझावित समाचार