सवारी दुर्घटनामा चार किशोरको मृत्यु

बुधबार, ८ कार्तिक, २०८०
डिजिटल संस्करण

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सियानजुरमा बस दुर्घटना हुँदा कम्तीमा चार किशोरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रारम्भिक  अनुसन्धानअनुसार दिउँसो २ः३० बजे पुनककको रिसोर्ट र पर्यटन क्षेत्रतर्फ जाने राजमार्गमा सो बस दुर्घटना भएको हो ।

सियानजुर ट्राफिक प्रहरी प्रमुख अधि प्रसादले स्थानीय सञ्चारमाध्यमलाई बोगोर सहरबाट सियानजुर जाँदै गरेको सो बसमा २४ जना किशोरी सवार रहेको बताएका छन् । 

त्यसैगरी, कम्तीमा १६ जना अहिले घाइते भएका छन् र तिनीहरूको नजिकैका अस्पतालमा उपचार भइरहेको छ ।

सुझावित समाचार