बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध

मंगलबार, ७ कार्तिक, २०८०
डिजिटल संस्करण

विजयादशमीको भोलिपल्ट एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने र्‍यालीलाई मध्यनजर गरी र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन ८ कात्तिक बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरिएको हाे ।

बाँकेमा कात्तिक ८ गते बुधबार अर्थात आज मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवन गर्न नपाइने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोख्रेलले एक सूचना जारी गरी आगामी बुधबार बिहान ८ बजेदेखि रातको १२ बजेसम्म बाँकेमा मदिरा तथा मदिराजन्य वस्तु बिक्री–वितरण एवं सेवनमा निषेध गरिएको जनाएका छन्। 

‘विजयादशमीको भोलिपल्ट एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने र्‍यालीलाई मध्यनजर गरी र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन ८ कात्तिक बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरिएको छ,’ सिडिओ पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले जिल्लाको समग्र शान्ति, सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिलसमेत गरेका छन् । 

सूचना उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ । नेपालगन्जलगायत बाँकेका विभिन्न स्थानमा राखिएका दुर्गा भवानीको मूर्ति एकादशीका दिन पवित्र जलकुण्ड, नदी र घाटमा विसर्जन गर्ने परम्परा छ ।

See More On

सुझावित समाचार